तमु समाज युके द्वारा ISLE OF WIGHTको एक दिने गृष्मकालिन भ्रमण सम्पन्न।


शनिबार ८ जुलाई २०२३का दिन तमु समाज युकेले समाजका सदस्यहरु तथा परिवारका लागि ISLE OF WIGHT को प्राकृतिक सुन्दरता तथा रमणीय समुद्रिक तटहरुको अवलोकन गर्न एक दिनको गृष्माकालिन बस (कोच) भ्रमण आयोजना गरेको थियो।

बरहाम पार्क वेम्बलि बाट झन्डै दुई घन्ट बस(कोच)को यात्रा र एक घन्टा पानिजाहज (फेरि)को यात्रा पछि पुगिने बेलायतको दक्षिणि तटको सुन्दर टापु ISLE OF WIGHT भ्रमणको आईटिनेरी चार भागमा बिभाजित गरि घुम्ने, दृष्य अबलोकन र मनोरंजन गर्ने योजना तय गरिएको थियो। पहिलो बस तथा पानि जाहाजको यात्रा, दोस्रो निडल्स (Needles) को चेयरलिफ्ट राईड (Chairlift Ride) र पदयात्र गरि अलुम बे पिएर (Alum Bay Pier) मनोरम दृष्य अबलोकन र तेस्रो Brighstone स्थित  Isle of Wight Pearl (मोति) बजार को अबलोकन त्यस पछि अन्तमा पुन बस र पानि जाहाजको यात्रा गर्दै वेम्बली फर्कने रहेको थियो।

झन्डै ७० माईल परिधिको तटवर्ति क्षेत्र रहेको र एक घन्ट मोटर गाडि चडेर एक छेउ बाट अर्को छेउ पुग्न सकिने सुन्दर टापु ISLE OF WIGHTको पस्चिम टुप्पोमा अवस्थित प्रमुख पर्यटकिय स्थल निडल्स (Needles) पुगे पछि सबैले चेयरलिफ्ट राईड र पद यात्रा गरि त्यहाँका समुद्रिक तटवर्ति क्षेत्रहरुको मनोरम दृष्य अबलोकन गरि आनन्द लिएका थिए र त्यहि स्थानमा भ्रमणमा सहभागि सबै यात्रुहरुले दिउसोको खानपिन पनि गरेका थिए।

दिउसोको खाना लिईसके पछि भ्रमण आईटिनेरिको तेस्रो भागमा Brighstone स्थित ऐतिहाँसिक Isle of Wight Pearl (मोती)को बजार अबलोकन गर्न पुगेका थिए। अनेकौ प्रकारका मोतीका गरगहाना उत्पादन, प्रदर्शन र बिक्रि बितरण केन्द्र रहेको उक्त ठाउँ इङलिस च्यनल (English Channel) को भव्य मनोरम दृष्य अबलोकन गर्ने महत्वपूर्ण स्थान पनि थियो। यहाँ भ्रमण मन्डलीका केहि दिदि बहिनिहरुले मोतीका गरगहना खरिद गरेर आनन्द लिनुभयो भने धेरैले पुतली चउरमा टहल्दै तटवर्ति क्षेत्रको ठाडो भिर तथा ईङलिस च्यनलको भव्य मनोरम दृष्य अबलोकन गरेर भरपूर आनन्द लिएका थिए। त्यहाँबाट भ्रमणको अन्तिम भाग फर्कनुका निम्ति अपराहन्न चार बजे पानिजाहाज (फेरि)मा चढनुपर्ने हुनाले East Cowes फेरि टर्मिनल तर्फ प्रस्थान गरेका थिए।

ISLE OF WIGHT भ्रमण गरिसके पछि फर्कने क्रममा Red Funnel Ferriesको झन्डै एक घन्टाको यात्रामा दिदिबहिनिहरुले खनपिन सहित टिकटोक र नाचगान गरेर अति मनोरन्जन गरेका थिए। तमु समाज युकेका अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ, निबर्तमान अध्यक्ष शिव चन्द्र गुरुङ, तमु धिं युकेका पूर्ब अध्यक्ष सुवास सिङ गुरुङ, काउन्सिलर कमल गुरुङ, कोषाध्यक्ष खेम बहादुर गुरुङ, आमा समूहका अध्यक्ष उमा देवि गुरुङ, आमा समूहका पूर्ब अध्यक्ष माया गरुङ लगायत भ्रमण मण्डलीमा कुल ३९ जना सदस्य, आमा दिदिबहिनि तथा परिवार सहभागि थिए। भ्रमणको संयोजन र आयोजनामा समाजका अध्यक्ष, कोषाध्यक्ष, आमा समूहका अध्यक्ष लगायत आमा दिदिबहिनिहरुको मुख्य भूमिका रहेको थियो।

बिहान ०६:३० बजे सबेरै भ्रमणको सफल्ता र सफा मौसमको कामना गर्दै प्रार्थना गरेर Dhillon of London को आरामदायी कोचमा बरहाम पार्क वेम्बली बाट आरम्भ भएको एक दिने गृष्मकालिन भ्रमणको यात्रा M25, M3 हुँदै  बेलायतको प्रसिद्ध बन्दरगाह Southampton देखि   East Cowes सम्मको Red Funnel Ferriesमा समुद्रिक यात्रा र त्यसपछि कोचमा ISLE OF WIGHTको बिभिन्न मनोरम पर्यटकिय स्थलहरु तथा रमणीय समुद्रिक तटवर्ति क्षेत्रहरुको अबलोकन गरिसकेपछि फर्कने क्रममा पुन: Red Funnel Ferries द्वारा East Cowes  देखि  Southampton सम्म यात्रा गरि त्यसपछि  M3 र M25 हुँदै बेलुका १९:३० बजे बरहाम पार्कमै फर्केर अन्त भएको थियो।

शिवशरण गुरुङ – वेम्बली लन्डन।

Previous Tamu Samaj UK has donated RS 247000 to support Nepalese national artist Krishna Gurung.
Next THANK YOU FOR THE COMMUNITY FUND