तमु समाज युके द्वारा तमु समन्वय समिति यूरोपका संयोजक बिकास गुरुङको सम्मानमा आयोजित स्वागत तथा अन्तरकृय कार्यक्रम सम्पन्न।


तमु समाज युके द्वारा तमु समन्वय समिति यूरोपका संयोजक बिकास गुरुङको सम्मानमा आयोजित स्वागत तथा अन्तरकृय कार्यक्रम सम्पन्न।

निरज गुरुङ,

लण्डन वेम्ब्ली स्थित अलिसन रेष्टुरेन्टको सभाकक्षमा ३ सेप्टेम्बर २०१३को बेलुकि तमु समाज युके द्वारा नेदरल्याण्ड बाट बेलायत भ्रमणमा आउनु भएको तमु समन्वय समिति यूरोपका संयोजक तथा नेदरल्याण्ड गुरुङ समाजका अध्यक्ष बिकास गुरुङको सम्मानमा आयोजित स्वागत तथा अन्तरकृय कार्यक्रम सम्पन्न गरेको छ।

तमु समाज युकेका अध्यक्ष शिबशरण गुरुङ, संस्थापक अध्यक्ष, सल्लाहकार तथा तमु समन्वय समिति यूरोपका सल्लाहकार चित्र बहादुर गुरुङ, उपाध्यक्ष श्रीमती बिजु गुरुङ र आमा समुहका अध्यक्ष श्रीमती माया गुरुङ बाट कार्यक्रमका बिषेस अतिथि बिकास गुरुङ र वहाँको धर्मपत्‍नि सुक माय गुरुङलाई खादा लगाई समाजका तर्फ बाट स्वागत तथा सम्मान गरिएको थियो।

उक्त कार्यक्रममै सयुंक्तरुपमा तमु प्ये ल्हु संघ युकेको तर्फबाट महासचिब भेगलाल तमुले तमु समन्वय समिति यूरोपका संयोजक तथा नेदरल्याण्ड गुरुङ समाजका अध्यक्ष बिकास गुरुङ र वहाँको धर्मपत्‍नि सुक माया गुरुङलाई तमु परम्परागत रुपमा फेटा र पुष्प गुच्छाले स्वागत तथा सम्मान गरिएको थियो।

आतिथिलाई खादा द्वारा औपचारिक स्वागत तथा सम्मान गरे पस्चात तमु समाज युकेका अध्यक्ष शिबशरण गुरुङले कार्यक्रममा उपस्थित सबैको संक्षिप्त रुपमा बिषेस अतिथिलाई परिचय गराउनु भएको थियो। कार्यक्रममा तमु समाज युके कार्यसमितिका पदाधिकारिहरु, सल्लाहकारज्युहरु, आमा समुहका पदाधिकारिहरु, आजीवन सदस्यहरु, संस्थापक अध्यक्ष, सल्लाहकार तथा तमु समन्वय समिति यूरोपका सल्लाहकार चित्र बहादुर गुरुङ, तमु समन्वय समिति यूरोपका सह संयोजक तथा तमु समाज युकेका संस्थापक महासचिब तथा सल्लाहकार प्रेम गुरुङ, तमु समाज युके बहुउद्देसिय सामाजिक भवन खरिद परियोजनाका संयोजक तथा सल्लाहकार सुबसिङ गुरुङ बिईएम, सल्लाहकारहरु अर्जुन कुमार गुरुङ, खडग बहादुर गुरुङ, चन्द्र बहादुर गुरुङ र ले. रि. मिम बहादुर गुरुङ, तमु प्ये ल्हु संघ युकेका महासचिब भेगलाल गरुङ लगायत अन्य सदस्यहरुको उपस्थति रहेको थियो।

अतिथि र सहभागि सबै महानुभवहरुको संक्षिप्त परिचय गराए पछि तमु समाज युकेका अध्यक्षले कार्यक्रममा स्वागत मन्तब्य राखेका थिए। मन्तब्यमा वहाँले छोटो बेलायत भ्रमणको ब्यस्त समयमा पनि तमु समाज युकेले आयोजना गरेको अन्तरकृय कार्यक्रमका लगि समय दिनुभएकोमा बिषेस अतिथि बिकास गुरुङज्युलाई स्वागत तथा धन्यबाद ब्यक्तगर्दै प्रथम तमु भेला यूरोपको उपज तमु समन्वय समिति यूरोपको अवाधारणा बाट यूरोपका तमुहरुले संगठित रुपमा तमु जातिको चौतर्फि बिकासमा महत्वपुर्ण भुमिका खेल्न सकिने हुनाले तमु समाज युकेको यस आवधारणामा पूर्ण समर्थन रहेको र संम्भव भए अनुरुप हर प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्दता पनि जाहेर गर्दै सफल्ताको निम्ति बिषेस अतिथिज्युलाई शुभकामना दिनु भएको थियो।त्यस पछि तमु समन्वय समिति यूरोपका संयोजक तथा नेदरल्याण्ड गुरुङ समाजका अध्यक्ष बिकास गुरुङले धन्यबाद ज्ञापन सहित तमु समन्वय समिति यूरोपको गठन, यसको उदेस्य र भाबि कार्यनितिका बारेमा प्रकास पार्दै कार्यक्रममा सम्बोधन गरेका थिए।

सम्बोधनकैक्रममा कार्यक्रमका बिशेष अतिथि तमु समन्वय समिति यूरोपका संयोजक बिकास गुरुङले गत १३ मे २०१३मा आम्सटरडाम, नेदरल्यान्डमा सम्पन्न प्रथम ऐतिहाँसिक यूरोपको तमु भेलाको महत्व, उपलब्धि र त्यस भेलाले गठन गरेको तमु समन्वय समिति यूरोपको बारेमा बृस्त्रित जानकारी गराउनु भएको थियो। यसै क्रममा बेलायतको राजधानि लण्डन आएर तमु समाज युके द्वारा आयोजना गरिएको स्वागत, सम्मान तथा अन्तरकृय कार्यक्रममा सहभागी भई आफ्नो बिचारहरु राख्‍ने अवसर प्राप्त भएकोमा खुशि अनुभुत गर्दै तमु समाज युके लाई हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको थियो।यसको साथै तमु समन्वय समिति यूरोपलाई सुझाव सल्लाह सहित सहयोग गरिदिनुहुन आग्रह गर्नुभएको थियो।

कार्यक्रममा तमु प्ये ल्हु संघ युकेका महासचिब भेगलाल गरुङले तमु समन्वय समिति यूरोपको गठन गरिएको सम्बन्धमा तमु प्ये ल्हु संघ युकेको सकरात्मक धाराण रहेको प्रकाश पार्दै सम्बोधन गर्नुभएको थियो। यसै गरि महासचिब भेगलाल गुरुङज्युले तमु समाज युकेले आयोजना गरेको बिभिन्न कार्यक्रमहरुमा तमु प्हे ल्हु संघ युकेलाई सहभागिता, सहकार्य र कार्यगत एकताको अवसर प्रदान गर्नु भएकोमा तमु समाज युकेलाई हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको थियो।

अतिथि तथा वक्ताहरुको सम्बोधन पछि कार्यक्रममा तमु समन्वय समिति यूरोपको गठन बाट युरोपका सम्पूर्ण तमु संघ संस्थाहरु संगठित भई सबै तमुहरुको समग्र बिकास र तमु जातिको भाषा, धर्म, संस्कार, संस्कृति र पहिचानको संग्रक्षण, सम्बर्धन र बिकासमा प्रभावकारि रुपले कसरि अगाडि बढन सकिन्छ भन्ने बरेमा अन्तरकृय गरिएको थियो।कार्यक्रममा सहभागीहरुले आ-अफ्न बिचारहरु राख्‍नुको साथै बिसेष अतिथि संग युरोपका तमुहरुको बिबिद बिषयमा बिभिन्न प्रकारका जिज्ञशाहरु राखेका थिए।कार्यक्रममा सहभागिहरुले राखेको सबै जिज्ञशाहरुको बिसेष अतिथि बिकास गुरुङले सरल सम्बोधन बाट प्रस्ट पार्नुभएको थियो। अन्तरकृय पस्चात उपस्थित सबैले अतिथिहरु संग सौहद्र पुर्ण बातावरणमा बेलुकिको बुफे भोजन ग्रहण गरि उक्त स्वागत, सम्मान तथा अन्तरकृय कार्यक्रम समापन भएको थियो।कार्यक्रममा निरज गुरुङले फोटोग्राफि र याम गुरुङले भिडियोग्राफि गरेका थिए।

Previous एक लाख नौ रुपैया राहत वितरण
Next Videos

No Comment

Leave a reply

Your email address will not be published.