तमु समाज युकेको सामाजिक भवन खरिद परियोजना सहयोगार्थ आयोजित च्यारिटी डिनर नाईट कार्यक्रम भव्य रुपमा सम्पन्न।


तमु समाज युकेको सामाजिक भवन खरिद परियोजना सहयोगार्थ आयोजित च्यारिटी डिनर नाईट कार्यक्रम भव्य रुपमा सम्पन्न।

10407317_10152472461075575_7803733629166708214_n            10427304_10152472526420575_8087458689782057652_n

निरज गुरुङ,

लण्डन स्थित ग्रिनफोर्ड टाउन हलमा तमु समाज युकेले सामाजिक भवन खरिदका लागि ७ जुन २०१४ का दिन एक भव्य च्यारिटी कार्यक्रमको आयोजना गरेको छ । बेलायतको राजधानी लण्डनमा नेपालीहरुको बसोबास बाक्लिएसंगै समाजिक भवनको आवश्यकता अनुरुप लण्डनमा नेपाली मन अटने,नेपाली कला, संस्कृति र झल्कने सामाजिक भवन खरिदको लागि समाजले च्यारिटी कार्यक्रम आयोजना गरेको हो।

नेपाल र बेलायतको राष्ट्रिय धुन बजायर शुरु गरिएको कार्यक्रममा आमा समुहले स्वागत गित गाएको थियो।यसै क्रममा तमु समाज युकेका सल्हाकार अर्जुन कुमार गुरुङले कार्यक्रम स्थलको स्वस्थ्य र सुरक्ष सम्बन्धी जानकारी गरेको थियो।समाज अध्यक्ष शिबशरण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समाजका महासचिव रामचन्द्र गुरुङ तथा निरज गुरुङले सञ्चालन गरेको थियो।

कार्यक्रममा बिषेस अतिथिको रुपमा सहभागि नेकपा माओवादीका सचिव एवं नेपाल सरकारका पुर्व मन्त्री देव प्रसाद गुरुङले बेलायतमा रहेका तमु तथा गैर तमुबीचको एकतामा समाजले गरेका पहल सह्रानीय रहेको बताए। तमु समाजको विकासका लागि आफुले गर्न सक्ने सहयोग गर्न आफु प्रतिबद्ध रहेको जिकिर गर्दै गुरुङले तमु एकतामा जोड दिएका थिए।यसै क्रममा भुतपुर्व गोर्खाहरुले उठाउंदै आएको हक अधिकारको आन्दोलन तथा गैर आवासीय नेपाली संघले अघि सारेका मागहरुमा आफु र आफ्नो पार्टी सकारात्मक रहेको गुरुङले बताए।

10411190_10152472459350575_7168892744395625634_n            10444721_770648396309437_7621258702474447417_n

समाजका अध्यक्ष शिवशरण गुरुङले तमु समाज युके च्यारिटी कमिसनमा दर्ता भएको बैधानिक संस्था भएको र यसले जातीयता भन्दा माथि उठेर काम रचनात्मक र सकरात्म परोपकारी कार्यहरु गरिहेको जनाए । हरेक नेपालीहरुको दुख सुखको साथी तमु समाज युकेले तमु धर्म, भाषा, कला र संस्कृतिको संरक्षण सम्बर्धन गर्दै नयाँ पुस्तालाई जागरुक बनाएको अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङले समाजले सामाजिक भवन खरिद गर्ने महत्वकांक्षी योजना केही वर्ष अघि नै सारेको जनाउंदै बेलायतस्थित धेरै समाजसेवीहरुको निस्वार्थ आर्थिक सहयोग र सद्भाव बाबजुद पनि विभिन्न उतारचढाव र समयाभावले गर्दा उक्त योजनालाई अलिक मुर्तरुप दिन बिलम्ब भइरहेका बेला अब पूर्व घोषित उक्त योजना जति सक्दो चाँडो सार्थक तुल्याउने जिम्मेवारी आफूहरुसबैको कांधमा आइपुगेको जनाए । अध्यक्ष गुरुङले च्यारिटीमा दर्ता भएको संस्था भएकाले सहयोग रकम दुरुस्त र पारदर्शी ढंगले सदुपयोग हुने कुरामा विश्वस्त दिलाए । उनले सबैको उत्साहजनक सहभागिता, समर्पण, सहयोग र सद्भाव भए यस महत्वकांक्षी योजनालाई छिट्टै सम्पन्न गर्न सकिने विश्वास समेत व्यक्त गरे । उनले कार्यक्रममा सहभागिहरु प्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद दिएका थिए ।

तमु समाज युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङले तेश्रो कार्यसमितिका कामहरु सह्रानीय रहेको बताउंदै समाजको आमा समुहको सक्रियताले च्यारिटी कार्यक्रम भव्य भएको बताउदै शुभकामना मन्तव्य दिएका थिए। शुभकामना मन्तव्यको क्रममा संस्थापक अध्यक्ष एवं सल्लाहकार चित्रबहादुर गुरुङले भवन खरिदले तमुहरुको मृत्युपछि गर्नुपर्ने धार्मिक कर्मकाण्ड सहज रुपमा गर्न पाइने, अर्घौं वा पितृ कार्य गर्न पर्याप्त ठाउं उपलव्ध हुने, बेलायत सरकारले आवासीय अधिकार प्रदान गरेसंगै धेरै भूपू गोर्खा र वृद्धवृद्धाहरुको आगमन बढिरहंदा उनीहरुलाई आफ्ना दौंतरीहरुसंग फुर्सदिलो समय बिताउने एउटा राम्रो थलो बन्ने, हामी नेपाली र गुरुङ भएको हुंदा भावी सन्ततिलाई नेपाली भाषा र गुरुङ भाषाको ज्ञान दिने एउटा भरपर्दो केन्द्र बन्ने, समाज वा अन्य विभिन्न संघसंस्थाको आफ्नो बैठक सम्पन्न गर्न अन्यत्र भौंतारिरहन नपर्ने, युवा पुस्तालाई आफ्नो लोकसंस्कृति, ज्ञानगुनबारे जानकारी र कुलतमा नलाग्न प्रेरित गर्ने खालका विभिन्न कक्षा सञ्चालन गर्न सकिने, सुस्वास्थ र दीर्घजीवनका लागि आवश्यक योगा वा फिटनेश सुविधा प्राप्त हुने, अंग्रेजी बोल्न नजान्ने वृद्धवृद्धाहरुका लागि अंग्रेजी कक्षा सञ्चालन गर्न सकिने, उक्त भवन भाडामा दिएर संस्थाको आर्थिक कोष वृद्धि गर्न सकिने एवं बेलायतमा नेपालीको बेग्लै पहिचान स्थापित हुन सघाउने जस्ता फाइदाहरु उल्लेख गरेका थिए ।

10382847_10152472466635575_3427860513254665752_n            10407429_770320416346340_2630450176778338832_n

सोहि अवसरमा समाजको बहुप्रतिक्षित एवं महत्वकांक्षी सामाजिक भवन खरिद परियोजना सफल बनाउन सहयोग पुर्‍याउने सबै चन्दा दाताहरुलाई खादा, प्रशंसा पत्र र ताम्रा पत्रले विशेष सम्मान गरिएको थियो । त्यस्तै लामो समयदेखि बेलायतमा रहेका तमुहरुको सेवामा तल्लिन समाजसेवी डा. चन्द्र बहादुर गुरुङ र तमु (गुरुङ) जातिको चिनारी पुस्तकका लेखक सह-प्रा नारायण ल्हेंगे तमुलाई तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१४ ले सम्मानित गरिएको थियो।यसै क्रममा डा. चन्द्र बहादुर गुरुङ र सह-प्रा नारायण ल्हेंगे तमुले शुभकामना मन्तव्य दिएका थिए।

10360348_10152472462160575_4594403105576236650_n            10433902_10152472532505575_971870621425936318_n

कार्यक्रममा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष सोम त्होर्जे तमुले तमु समाज युकेले अघि सारेको हाउजिङ परियोजना सफलताको शुभकामना दिंदै समाज घर निर्माणका लागि दिल खोलेर सहयोग गर्न आव्हान गरेका थिए । त्यस्तै तमु धिं साउथ ईष्ट रिजनल लण्डनका अध्यक्ष रि. क्या. नारायण बहादुर गुरुङ (MVO) कार्यक्रम सफलताको शुभकामना दिए ।

उक्त कार्यक्रमको डोनेसन संकलन कार्यमा कार्यक्रमका संयोजक एवं सल्लाहकार सुवाससिङ गुरुङ बिईएम, तमु समाज युकेका सल्लाहकार चित्र बहादुर गुरुङ, सल्लाहकार, उदय बहादुर गुरुङ, आमा समुहका अध्यक्ष माया गुरुङ, आमा समुहका उपाध्यक्ष पुष्पा गुरुङ, आमा समुहका सचिब बिमला गुरुङ, सल्लाहकार टिका गुरुङ उपाध्यक्ष बिजु गुरुङ लगायत आमा समुहले विशेष भुमिका निर्वाह गरेको थियो । हाउजिङ कोओर्डिनेटर तथा  सल्लाहकार सुबाससिङ गुरुङ BEM को संयोजनमा आयोजित च्यारिटी डिनरबाट समाज घरका लागि उल्लेख्य मात्रमा दान रकम संकलन भएको थियो। कार्यक्रमका संयोजक गुरुङले सबै सहयोग दातालाई धन्यवाद दिएका थिए। कार्यक्रममा सहभागीहरुलाई भरपुर मनोरन्जन दिलाउन आमा समुहको साथै अन्य कलाकारहरुको उत्कृष्ट नृत्य प्रस्तुत गरिएको थियो।

10383571_10152472465005575_6372016502687142703_n             10361988_10152472443910575_2337890044371874064_n

कार्यक्रममा यती नेपाली एशोसियसनका अध्यक्ष उमेशराज मोक्तान, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष सोम गुरुङ, एनआरएनए युकेका उपाध्यक्ष सुर्य नेम्वाङ र शान्ती थापा कुनवार, गुल्मी जिल्ला समाज युकेका सचिव शिव भण्डारी, नेपाल फोरम ग्रिनवीचका उपाध्यक्ष श्याम शेरचन, नेपाल पत्रकार महासंघका उपाध्यक्ष धर्मराज अधिकारी, महासंघका पुर्व अध्यक्ष नवीन पोखरेल, जनजाती महासंघ बेलायतका महासचिव नरेश काङमाङ राई, गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष कृष्ण राई, गोर्खा जिल्ला तमु समाज युकेका लफ्टिनेण्ट पञ्च बहादुर गुरुङ, थकाली समाज युकेका अध्यक्ष रेशम शेरचन, नेपाल भुपु प्रहरी संगठन युकेका अध्यक्ष शिवजी श्रेष्ठ, तमुधिं युकेका पुर्व उपाध्यक्ष हरि गुरुङ, तमु प्ये ल्हु संघका प्रमुख सल्लाहकार क्या. डेम बहादुर गुरुङ, लमजुङ समाज युकेका उपाध्यक्ष विश्व जंग गुरुङ, ग्रेटर लण्डन किरांत याक्थुम चुम्लुङका अध्यक्ष याम बहादुर आङबुहाङ, तनहुं नेपाली समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङ, नेप्लिज कम्युनीटी वाट्फोर्टका अध्यक्ष मुकुन्द बहादुर गुरुङ, युनाईटेड टिम लिमिटेडका डाइरेक्टर गंगा राना, एभरेष्ट टाईम्सका फोटो पत्रकार मिलन तमु, एभरेष्ट ल फर्मका निर्देशक सोलिसिटर राजु थापा, आई एम ई मनि ट्रान्सफरका निर्देशक कमल पौडेल, युरोपको नेपाली पत्रका प्रबन्ध निर्देशक राजेन कंडेल, श्री पञ्चाकोशी (अर्थर डाँडाखर्क) समाज युकेका अध्यक्ष कमल गुरुङ, ठाँटी नेपाली समाज युकेका अध्यक्ष सनमान गुरुङ, दुर्लुङ समाज युकेका अध्यक्ष जुवरिलाल गुरुङ, किरांत राई यायोख्या लण्डन शाखा अध्यक्ष शान्तकला राई, मगर समाज मिडलसेक्स युकेका मिन दर्लामी, ग्रिनवीच युथका अध्यक्ष हरि गुरुङ, एए ट्यक्स सर्भका कनसल्ट्यान्ट बिज्ञान प्रसाई, मोन्टीज रेष्टुरेन्टका प्रोपाईटर महन्त श्रेष्ठ र बेजिङ नुडल्स रेस्टुरेन्टका प्रोपाईटर दिपक गुरुङ लगायतले संस्थागत सहभागिता जनाएका थिए ।

10371715_10152472313250575_8816228313084735783_n            10374005_293883034119607_5995396569925093630_n

समाजका उपाध्यक्ष विजु गुरुङ, आमा समुहकी अध्यक्ष माया गुरुङ र सचिव विमला गुरुङले अतिथि सत्कार र कोषाध्यक्ष केदार गुरुङले टिकेटको जिम्मा लिएका थिए। त्यस्तै समाजका संयोजक शिव कुमार गुरुङले पेय पदार्थको जिम्मेवारी सम्हालेका थिए भने हलको व्यवस्थापन सल्लाहरकार रि.ले. थम प्रसाद गुरुङले गरेका थिए । सांस्कृतिक कार्यक्रमको कोरीयोग्राफी लक्ष्मी गुरुङले गरेकी थिइन र यसै गरी भिडियोग्राफिमा बिसन गुरुङ र देब गुरुङ, फोटोग्राफिमा ओमकार गुरुङ र याम गुरुङ थिए।कार्यक्रममा साउन्ड सिस्टमको ब्यबस्थापन तथा प्रायोजन चाँद साउन्ड ओर्ल्डले गरेका थिए भने ग्लोबल वाईन डिस्ट्रिब्युटर्सले हिमालयन वाईन र हिमाल बियार नासा जोस लिमिटेड हिमाल बियर प्रायोजन गरि सहयोग गरेका थिए।निरमाया रोधि घर रेष्टुरेन्टको स्वादिष्ट नेपाली खाना र ऐभरेष्ट सुपर मार्केटले सफ्ट ड्रिङकको प्रबन्ध गरेको थियो।

1521367_10152472517455575_6332379844536231819_n            10371715_10152472313250575_8816228313084735783_n

Previous तमु समाज युके आमा समुहले बैशख पूर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रम भब्य संग सम्पन्न गर्यो ।
Next तमु समाज युकेको बार्षिक साधारण सभा तयारी बैठक सम्पन्न