तमु समाज युकेले लण्डनमा च्य (चरा बर्ग) ल्होछार/ल्होसार भब्य रुपमा मनायो।


Tamu Samaj UK Inaugurated  Year of the Bird/ Chya Lhochhar Celebration on 7th Jan 2017 at Harrow Leisure centre, 

तमु समाज युकेले लण्डनमा च्य (चरा बर्ग) ल्होछार/ल्होसार भब्य रुपमा मनायो।

 निरज गुरुङ  

लण्डन, ८ जनवरी २०१७

लण्डन स्थित हेरो लेजर सेन्टरमा तमु समाज युके द्वारा आयोजित तमुहरुको महान पर्ब च्य ल्होछार कार्यक्रम भब्य रुपमा ७ जनवरि २०१७ मा सम्पन्न भएको छ।संयुक्त अधिराज्य बेलायतको लागी नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको समुउदघाटन पानसमा दिप प्रज्वलन गरी संयुक्त रुपमा प्रमुख अतिथि, बिशेष अतिथी लण्डन बरो अफ ब्रेन्टका उप मेयर श्री भगवानजी चौहन र समाजका अध्यक्षले गरेको थियो।कार्यक्रमको उद्घाघाटन संगै नेपाल र बेलायतको राष्टिय धुन बजाइएको थियो भने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष अर्जुन कुमार गुरुङ र औपचारिक कार्यक्रमको सन्चालन समाजका महासचिब ज्ञान बहादुर गुरुङले गरेको थियो।

TSUK Lhochhar 2017 -18   TSUK Lhochhar 2017 -19

TSUK  Welcomed Brent Councillor/Deputy Mayor                              His Excellency Dr.Durga Bahadur Subedi 

Bhagwanji Chohan on Lhochhar Programme.           Nepali Ambassador for the UK  with Nepalese  organisations’s leaders.

 

सोहि अबसरमा कार्यक्रमका प्रमुख अतिथीले तमु समाज युकेले आयोजना गरेको ल्होछार कार्यक्रममा सहभागी हुन पाउदा खुशी ब्यक्त र  नेपाली कला र संस्कृतीलाई जोगाइ राख्नुको साथै सबै नेपाली एक भएर अगाडी बड्न अब्हान गर्दै तमु समाज युकेको च्य ल्होछार कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद सहित ल्होछारको शुभकामना ब्यक्त गरेको थियो।

TSUK Lhochhar 2017 -15  TSUK Lhochhar 2017 -8

TSUK’s Lhochhar Celebration honourable guests welcoming team.   Lhochhar programme started with National Anthem.

कार्यक्रमको संयोजक केदार बहादुर गुरुङबाट हेल्थ र सेफ्टि सम्बन्धी जानकारी गरेको थियो भने अध्यक्ष अर्जुन कुमार गुरुङले स्वागत मन्तब्य राखेको थियो।यसैगरी कार्यक्रममा सहभागि सबैलाई समाजका उपाध्यक्ष बिजु गुरुङले धन्यबाद मन्तब्य गरेको थियो।

च्य ल्होछार पुजा कार्यक्रमको संयोजन समाजका सल्हाकार ईमान घले र आमा समुहको अध्यक्ष माया गुरुङको संयोजनमा लामा गुरु धरम गुरुङले यस अघिनै सम्पन्न गरि सकेको थियो।

media-share-0-02-05-87d0aad8f503a49671e65cc4f22af1c39f092ebaf23585e9cf549fb62797be55-d4e17173-6642-4a1c-9ea5-201e545b94d8  media-share-0-02-05-625b0caa510bc3125469d29848285169e07846480fa2c60eebb39950a4d34ba0-d27028d9-8702-4442-944a-4b91f3c05f9f

Lhochhar Puja ceremony Inaugurated by  vice chairman Lt(rtd) Mim Bahadur Gurung and  Mrs Maya Gurung (Chairperson Ama Samuha) ,  puja counducted by honourable  lama Gurus  Dharma Bahadur Gurung , Kaji Gurung  , Dil Gurung (pemba) and puja coordinated by Advisor Iman Sing Ghale.

कार्यक्रममा बेलायतको लण्डन स्थित ईलिङ अस्पतालमा उपचारको क्रममा हालसालै असामयिक निधन भएको थाममाय(कुसुम) गुरुङको पार्थिब शरिर लाई नेपाल पुराउन समाजको संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङको संयोजनमा आर्थिक सहयोग सकंलन अभियानमा महत्वपूर्ण भुमिका निर्बाह गरेको ब्यक्तिहरुलाई प्रसंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो।यसैक्रममा समाजमा हालसालै नयाँ आजिबन सदस्यता ग्रहण गरेका सदस्यहरुलाई प्रमाण पत्र तथा समाजको लोगो अंकित ब्यज बितरण गरिएको थियो।

उक्त अवसरमा तमु समाज युकेको समाजिक भवन खरिद परियोजनाका चन्दादाताहरु, शैक्षिक सत्र २०१६मा स्नातक तथा स्नाकोउत्तरमा सफलता प्राप्त बिध्यार्थी, कलाकारहरु तथा बिगतको बर्षभरी सामाजिक जीबनको बिभिन्न पक्षमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुको साथै समाजको शेवा र बिकासमा उल्लेख्य योगदान पुराउने महानुभावहरुलाई ताम्रापत्र र प्रशंसापत्र सहित सम्मान गरिएको थियो। सम्मान तथा प्रशंसापत्र बितरणमा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदी, बिसेस अतिथीहरु श्रीमती पुनम राज्य लक्ष्मीदेबी सुबेदी, लण्डन बोरो अफ ब्रेन्टका उपमेयर भगवानजी चौहान, काउन्सिलर मोहमद बट, समाजकाअध्यक्ष अर्जुन कुमार गुरुङ, पुर्ब अध्यक्ष तथा सल्लाहकार शिवशरण गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ, उपाध्यक्ष बिजु गुरुङ, शिबचन्द्र गुरुङ र ले.रि.मिम बहादुर गुरुङ र आमा समुहका अध्यक्ष माया गुरुङ लगायत सहाभागी भएको थियो।

कार्यक्रममा तमु समाज युकेको सामाजिक भवन खरिद परियोजनमा एकहजार भन्दा माथी चन्दा दान गर्नेहरु पुर्ण गुरुङ र श्रीमति गंगा गुरुङ, नर बहादुर गुरुङ र तेजमा गुरुङ, रबिन गुरुङ र सुस्मा गुरुङ, बालकृष्ण गुरुङ, बिबा देबी गुरुङ, नर बहादुर गुरुङ र पन्चमाया गुरुङ,जय बहादुर गुरुङ र तुलसी गुरुङ, बेल प्रसाद गुरुङ र माला गुरुङ, हर्क बहादुर गुरुङ र शान्तीकला गुरुङ, बाबुराम गुरुङ र राज कुमारी गुरुङ, ईमान घले र दानुमाया घले, लेख बहादुर गुरुङ र हिमा देबी गुरुङ, याम बहादुर गुरुङ र मन कुमारी गुरुङ, उदय गुरुङ र बिमला गुरुङ, युक्त बहादुर गुरुङ र पुष्पा गुरुङ, खुम बहादुर गुरुङ र चन्द्र कुमारी गुरुङ, धरम गुरुङ र चिजा कुमारी गुरुङ, जुम बहादुर गुरुङ र उमा डोल्मा गुरुङ, हरिमान गुरुङ र लक्ष्मी गुरुङ, ओमकार गुरुङ र लक्ष्मी गुरुङ, राम प्रसाद गुरुङ र प्रमिला गुरुङ, रबिन गुरुङ र सिता देबी गुरुङ, जगत बहादुर गुरुङ र पार्बती गुरुङ, नर बहादुर गुरुङ र धनमाया गुरुङ, बिरेन्द्र गुरुङ र रोजि गुरुङ, मिलन गुरुङ र तिल कुमारी गुरुङ टेक बहादुर गुरुङ र निता गुरुङ लगायतलाई ताम्रापत्र तथा प्रसंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो।

तमु समाज युकेले प्रत्येको बर्ष ल्होछारको अबसरमा सामाजिक जीबनको बिभन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्याक्तित्वहरुलाई तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र बाट सम्मान गर्ने क्रममा यस बर्ष तमु समाज युकेले उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१६ बाट श्रीमति बिजु गुरुङ, महेस घले, सुबासिङ गुरुङ बिईएम, बाबुराम गुरुङ,श्रीमती लक्ष्मी गुरुङ,(सह-साँस्कृतीक सचिब) श्रीमती लक्ष्मी गुरुङ (हरिमान गुरुङको श्रीमती)  गंगा गुरुङ, मिलन गुरुङ र बेल प्रसाद गुरुङ र पत्रकार हरिकाजी गुरुङ लाई सम्मान गरिएको थियो।
च्य ल्होछार सांस्कृतिक कार्यक्रममा तमु कलाकार मन्च बाट आएका गायक,यमु गुरुङ र निर्मला गुरुङतथा स्थानिय कलाकारहरुको जोडदार प्रस्तुति रहेको कार्यक्रममा अर्को आकर्षण तमु समाज युकेको आमा समुह, युबा समुह लगायत अन्य स्थानिय कलाकारहरुको उत्कृष्ट नृत्यहरु प्रस्तुत गरीएको थियो। साँस्कृतिक कार्यक्रम लगायत अन्य अतिथी कलाकारहरुको मनमोहक नृत्य र गायक गायीकाहरुको बेजोड प्रस्तुतिमा बेलायतबासी नेपालीहरुले पनि नाचेर साथ दिएका थिए। उक्त संस्कृतिक कार्यक्रमको कोरीयोग्राफी लक्ष्मी गुरुङले गरेका थिए भने कार्यक्रमको संचालन निरज गुरुङ र लक्ष्मी गुरुङले गरेका थिए।

TSUK Lhochhar 2017 -2  TSUK Lhochhar 2017 -6

TSUK’s Cultural Dance Team From (Ama /Baba Samuha) Parents group   and  Youth Group.

कार्यक्रममा बेलायतको पार्लियामेन्टमा ब्रेन्ट नर्थको सदस्य माननिय बेरी गार्डनेर, ब्रेन्ट काउन्सिल को लिडर मोहमद बट, ह्नस्लोका पुर्ब उप मेयर काउन्सिलर बिष्णु बहादुर गुरुङ लगायत दर्जनौ काउन्सिलरहरुको साथै गैर अबसिय नेपाली संघ बेलायतको अध्यक्ष मुक्षेत्र गुरुङ,तमु प्ये ल्हु संघ युकेका अध्यक्षसोम त्होर्जे तमु, दक्षिण पूर्बि क्षेत्रिय तमु धिं लण्डनका अध्यक्ष श्रीचन्द्र गुरुङ, पर्बत वेलफेयर सोसाईटि युकेका अध्यक्ष ददि आचार्य, चार भाङज्यङ तमु समाज युकेका अध्यक्ष मेजर कृष्ण बहादुर गुरुङ, पुन समाज युकेका अध्यक्ष एक बहादुर पुन, तनहुँ समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङ, तमु कलाकार सँस्कृतिक मंच युकेका अध्यक्ष सुर्य गुरुङ, राम बजार सोसाईटि युकेका अध्यक्ष सनमान गुरुङ, लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङ, गोर्खा हिथ्रो नेपालीज कम्युनिटिका अध्यक्ष प्रेम गुरुङ, देवाचन बुद्धिष्ट सेन्टर युकेका सम्रक्षक लामा धरम गुरुङ, यती नेपाल एसोसिएसन युकेका पुर्ब अध्यक्ष उमेस राज मोक्तान, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गि मगर लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्नको निम्ति समाजका आजिबन सदस्यहरु, कार्यसमिति सदस्यहरु, युवा समुह, आमा समुहका सदस्यहरुको साथै सल्लाहकार र समाजको शुभेच्छुकहरुले महत्वपुर्ण भुमिका निर्बाह गरेको थियो।

कार्यक्रममा तमु समाज युके सामाजिक भवन खरिद परियोजनाको  संयोजक तथा सल्लाहकार सुबास सिङ गुरुङ बिईएमले सामाजिक भवन खरिद परियोजनाको बर्तमान बस्तु स्थितिबारे प्रकाश पार्दै परियोजनालाई चाँडै सफल बनाउनको निम्ति बिभिन्न क्षेत्रबाट सहयोग गर्ने महानुभावहरु र सबै चन्दादाताहरुलाई हार्दिक धन्यबाद दिएका थिए।

TSUK Lhochhar 2017 -24  TSUK Lhochhar 2017 -23

Tamu Samaj UK’s Members, guests and well wishers very much  enjoying  free dance with  DJ Music on Lhochhar party night .

कार्यक्रमको अन्तमा सबैजनाले चाँद म्युजिक ओर्ल्डको डिजेमा आफुखुशीको नाच नाचेर भरपुर मनोरन्जन लिएको थियो भने ओमकार गुरुङ, मिलन गुरुङ, टेक बहादुर गुरुङ  र याम बहादुर गुरुङले उत्कृष्ट फोटोग्राफि गरेको थियो भने भिडियोग्राफि कुमार एसके गुरुङ र साउण्ड सिस्टम चाद लामाले ब्यबस्थापन गरेको थियो।

 

Previous Tamu Dhee Nepal’s Open Road Race Competition sponsored by Tamu Samaj UK.
Next Tamu Samaj UK donated 10 Lhakhs Rupees to Mrs Phul Maya Gurung (Kusum Gurung’s Mother)