तमु समाज युकेले देउसी भैलो खेलि धुमधाम संग तिहार २०१३ मनाए।


तमु समाज युकेले तिहार २०१३को पावन अवसरमा देउसि भैलो खेलि धुमधाम संग तिहार मनाए। कार्य समितिका पदाधिकारिज्युहरु, सल्लाहकारज्युहरु, आमा समुह, युवा समुह, आजीवन सदस्यहरुको उल्लेख्य सहभागिता रहेको तमु समाज युके तिहार २०१३ देउसि भैलो कार्यक्रमको संयोजक द्वय ज्ञान बहादुर गुरुङ र कन्य प्रसाद गुरुङको संयोजनमा भब्यताकासाथ सम्पन्न भएको थियो। फुरसत भएका थुप्रै इच्छुक सदस्यहरु भेलाभई नेपाली संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धन गर्दै समाजका सदस्यहरु र शुभचिन्तक मित्रहरुको घर आँगनमा देउसी भैलो खेलि बडो रमाईलो गरेका थिए।समाजका सदस्यहरुबिच एक आपसमा शुभकामना आदान प्रदान गर्दै पारस्परिक सम्बन्धलाई सबल, प्रगाढ र सुमधुर बनाउनुको साथ साथै बिषेस गरि तमु समाज युकेको सामाजिक भवन खरिद परियोजनाको लागि अर्थिक संकलन गर्ने मुख्य उदेस्य लिई यो तिहार २०१३ देउसी भैलो खेल्ने कार्यक्रमको आयोजना गरिएको थियो।

२०१३ नोभेम्बर २, ३ र ५ तारिक ३ दिन सम्म खेलिएको देउसि भैलो कार्यक्रममा तमु समाज युकेका सदस्यज्युहरु र शुभचिन्तक मित्रहरुले एकल अथवा समुहिक रुपमा अ-आफ्नो घर आँगनमा देउसि भैलो टोलिलाई सहर्षरुपमा बोलाई हर्ष र उल्लासमय बाताबरणमा देउसी भैलो खेल्ने शुभ-अवसर प्रदान गर्नुभएको थियो। प्रवासमा रहेर पनि तमु समाज युकेका सबै सदस्यहरु र शुभचिन्तक मित्रहरुले आफ्नो नेपाली संस्कार र संस्कृतिको संग्रक्षण र सम्बर्धन गर्दै उदार भावबाट भावनात्मक सम्मान र आत्मिय सत्कारका साथ देउसि भैलि टोलिलाई स्वदिस्ट खान पिन तथा आर्थिक दान दिएका थिए।

तमु भेषभूषामा सजिएर परंपरागत शैलीमा मादलको धुन सहित देउसि भैलि भट्याउदै र नेपाली लोक भाकामा नाच्ने गाउने गर्दै नेपालीहरुको महान पर्व तिहारको पावन अवसरमा आफ्नो संस्कृति पनि जोगाउँ र समाजको निम्ति केहि गरौं भन्ने भावना बाट उत्प्रेरित सबै सदस्यहरुको स्वस्फूर्त सहभागिता, सहयोग र योगदानको फलस्वरुप यस बर्षको देउसि भैलो कार्यक्रममा तमु समाज युकेले समाजिक भवन खरिद परियोजनाको निम्ति ५८५४।०० पाउन्ड आर्थिक संकलन गर्न सफल भएको छ।यसले तमु समाज युकेका सदस्यहरु बिचको पारस्परिक समजदारि, सहयोग, लगनसिलता र दरिलो एकताको प्रतिबिम्बित गरेको छ।

नोभेम्बर २ तरिक दिउसो संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङको निवास बाट प्रारम्भ गरिएको देउसि भैलो कार्यक्रम बिभिन्न सदस्यहरु र शुभ चिन्तक मित्रहरुको घर आँगन डुल्दै ५ तारिक बेलुकि साउथ हेरो स्थित गोल्डेन सिप रेस्टुरेन्टमा पुगि सम्पुर्ण कार्यक्रमको बिसर्जन गरिएको थियो। प्रत्येक सदस्यहरु र शुभचिन्तक मित्रहरुको घर घरमा भैलो खेल्ने क्रममा समजको तर्फबाट अध्यक्ष शिबशरण गुरुङले तिहारको मंगलमय शुभकामना ब्यक्त गर्दै तिहारको शुभकामना कार्ड सबै घर मुलि तथा हरेक आर्थिक दान गर्ने दातालाई प्रदान गरेका थिए।

तिहार २०१३ देउसि भैलो संयोजक द्वय ज्ञान बहादुर गुरुङ र कन्य प्रसाद गुरुङले संयोजन गरेका देउसि भैलो कार्यक्रममा भैलरि हरुको श्रृंगारमा फुलमाला र ब्यानरको प्रबन्ध तमु समाज युके आमा समुहको अध्यक्ष माया गुरुङले गर्नु भएको थियो। तिनै दिन सम्म लगातार सहभागि बनि देउसि भैलो भट्याउने मुल पात्रा काजिमान गुरुङ थिए र तिनै दिन निरन्तर रुपमा सहभागि हुने भैलरिहरुमा अध्यक्ष शिवशरण गुरुङ, उपाध्यक्ष बिजु गुरुङ, महासचिब रामचन्द्र गुरुङ, संयोजक शिब कुमार गुरुङ, खेलकुद सचिब हरिमान गुरुङ, प्रोपर्टि सचिब शिव चन्द्र गुरुङ, सल्लाहकार अर्जुन कुमार गुरुङ, सल्लाहकार टिका गुरुङ, आजिवन सदस्यहरु चन्द्र कुमारि गुरुङ, प्रेम गुरुङ, लक्षिमि देबि गुरुङ, ईश्वरि देबि गुरुङ, लिल कुमारि गुरुङ, पदमा माया गुरुङ, थिए र अन्य सदस्यहरु आलोपालो गरि फुरसत मिलाएर कार्यक्रमा सकृय सहभागि बनेका थिए।

पहिलो दिनमा देउसि भैलो शुभ-आरम्भको सम्पुर्ण ब्यबस्थापन संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङले गर्नु भएको थियो।यसै दिनको भैलि बिसर्जनमा खान पिनको ब्यबस्थापन आजिवन सदस्यहरु सारदा गुरुङ तथा बबिता गुरुङले र दोस्रो दिन बिसर्जनमा खान पिनको ब्यबस्थापन कार्यसमितिका सदस्य बिन्दु घलेले गरेका थिए। यसै गरि अन्तिम दिनमा आजिवन सदस्य तथा गोल्डन सिप रेस्टुरेन्टका प्रोपाईटर सनत गुरुङले देउसि भैलो बिसर्जन कार्यक्रमका निम्ति गोल्डन सिप रेष्टुरेन्ट सामुहिक भैलो खेल्ने स्थलको रुपमा निशुल्क उपलब्ध गरिदिनु भएको थियो। उक्त अन्तिम दिनको देउसि भैलो बिसर्जन कार्यक्रममा स्टार्टर खानाको प्रयोजन प्रेम गुरुङले, पेय पदार्थको प्रयोजन देउसि भैलो संयोजक द्वय ज्ञान गुरुङ र कन्य प्रसाद गुरुङ, माया गुरुङ, ईस्वरि देबि गुरुङ र जयन्ति देबि गुरुङले गरेका थिए।

तमु समाज युकेको तिहार २०१३ देउसि भैलो कार्यक्रमको अन्तिम दिन ५ तारिक बेलुकि साउथ हेरो स्थित गोल्डेन सिप रेस्टुरेन्टमा आयोजना गरिएको देउसि भैलो बिसर्जन कार्यक्रममा देउसि भैलोमा प्रतक्ष तथा अप्रतक्षरुपमा बिभिन्न प्रकारका सहयोग गर्नुहुने तथा दान दिनुहुने सम्पुर्ण सदस्यहरु, शुभचिन्तक मित्रगणहरु र देउसि भैलि टोलिमा सहभागि सबै भैलरिहरुलाई संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङले धन्यबाद दिएका थिए।

शिवशरण गुरुङ
तमु समाज युके

Previous तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको पोखरामा स्वागत
Next सिरानीमा बेलायती भिसा राखेर तरकारी खेती

No Comment

Leave a reply

Your email address will not be published.