तमु समाज युकेको आठौ साधारणसभा सम्पन्न।


 

तमु समाज युकेको आठौ  साधारणसभा सम्पन्न।

एटा  बाट  साभार गरिएको –

लन्डन। गत २२ अगष्टका दिन तमु समाज यु के को आठौ साधारणसभा ह्यारो बरो फुटबल क्लबमा सम्पन्न भयो।  समाजका ११९ जना सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको सो साधारणसभामा   उपाध्यक्ष बिजु  गुरुंगले स्वागत मन्तब्य प्रकट गरेका थिए  भने पूर्व अध्यक्ष  शिवसरण गुरुङ र सल्लाहकार  थाम प्रसाद गुरुंगले सुभकामना मन्तब्य दिएका थिए।

बेलायतमा रहेको तमुहरुको उल्लेखनीय उपस्थिति रहेको सो साधारणसभामा समाजले हालसम्म गरेका विभिन्न कामहरुको समिक्षा गरेको थियो।  कार्यक्रममा आमा समुहका अध्यक्ष माया गुरुङले आमा समुहबाट भएगरेका विभिन्न कार्यहरुको विवरण , युवा समुहका अध्यक्ष ओमकार गुरुङले युवा समुहका कार्य विवरण , सुबसिंग गुरुङले हाउजिङ्  प्रोजेकबारे , कोषाध्यक्ष  उदय गुरुङले आय-व्यय र महासचिब ज्ञान गुरुङले  हालसम्म समाजले गरेका विभिन्न कार्यहरुको विवरण पेश गरेका थिए।

उक्त साधारणसभामा उपाध्यक्ष शिवचन्द्र गुरुङ ले भुकम्प पिडितहरुको सहयोगार्थ पहिलो चरणमा संकलन गरिएको रकमको विवरण प्रस्तुत गरेका थिए।  तेसैगरी साधारणसभाले दोस्रो चरणमा संकलन गरिएका सहयोग रकममध्ये २००० पाउण्ड नेपाली दुताबास मार्फत पिडित हरुलाई सहयोग गर्ने निर्णय गरेको छ।  साथै छलफलमा तमु समाज युकेले तमु हितमा कम गर्ने निर्णय गरेको छ।

कार्यक्रममा तमु समाज युकेको निम्तामा युके आएका पत्रकार गणेशमान गुरुङ २६ अगष्ट का दिन स्वदेश फर्कने भएकाले सस्थाले उनलाई खादा लगाई बिदाई गरे। उनलाई टिका गुरुङ , चन्द्रकुमारी गुरुङ , जयन्ती गुरुङ र माया गुरुङले युकेको चिनो प्रदान गरेका थिए  भने अध्यक्ष अर्जुन गुरुङ ले  पत्रकार गुरुङ्को उज्ज्वल  भबिस्यको कामना गरे।

कार्यक्रमको अन्त्यमा अध्यक्ष गुरुङ ले सबै सदस्यहरुलाई साधारणसभामा उपस्थित भई महत्वपुर्ण बिषयको छलफलमा भाग लिईदिनुभएकोमा सबैलाई धन्यावाद दिदै कार्यक्रम समापन गरेका थिए।  कार्यक्रममा बेजिङ्ग नुडल्स्का दिपक गुरुङले खानको ब्यबस्थापन गरेका थिए भने संयोजक केदार बहादुर गुरुङले साधारणसभाको ब्यबस्थापन गरेको  संस्थापक अध्यक्ष चित्र गुरुङ ले जानकारी दिए।

समाजका अध्यक्ष अर्जुन गुरुङ को अध्यक्षतामा  सम्पन्न भएको सो कार्यक्रम महासचिब ज्ञान गुरुङ ले संचालन गरेका थिए।

 

Previous तमु समाज यु के दुवारा तमु धि नेपालको भूकम्प पिडित राहत कोषमा २ लाख १० हजार हस्तान्तरण
Next तमु समाज यु के को देउशी भैलो कार्यक्रम २०१५ अति रमाइलो तथा सौहार्दपुर्ण बातावरणमा सम्पन्न ।