तमु समाज युकेको सहयोगमा पोखरामा राहत वितरण


पोखरा । तमु समाज युकेको सहयोगमा तमु समाज युके आमा समूहका संस्थापक अध्यक्ष माया गुरुङ तथा साउथ इष्ट रिजनल तमुधि युकेका उपाध्यक्ष पार्वती गुरुङले पोखरामा राहत वितरण गरेका छन् ।

आमा समुहका संस्थापक अध्यक्ष माया गुरुङ र साउथ इष्ट रिजनल तमुधि युकेका उपाध्यक्ष पार्वती गुरुङको नेतृत्वमा पोखरामा ९० हजार ३३० रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो ।

सो राहत वितरणका लागि युकेबाट तमु समाज युकेका अध्यक्ष शिबचन्द्र गरुङको बिपत ब्यवस्थापन समितीबाट संस्थागत रुपमा ५० हजार ३३० रुपैयाँ ५० हजार ३३० रुपैयाँ र व्यक्तिगत रुपमा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, जयन्ती गुरूङ, बिनु गुरूङ, ओम गुरूङ, प्रज्वल गुरूङ, ममता गुरूङ र निवर्तमान अध्यक्ष अर्जन कुमार गुरूबाट ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको माया गुरुङले जानकारी दिए ।

सो रकमबाट पोखराको प्रदर्शनी कक्षमा राहत वितरण गरिएको हो । अतिबिपन्न ज्याला मजदुरी गर्ने ७८ घर धुरीलाई राहत बॉंडिएको माया गुरुङले बताए ।

Previous THANK YOU TO BRENT COUNCIL
Next तमु समाज युके बिपत ब्यबस्थापन समितिको सुचना!