तमु समाज युकेको ल्हु ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न।


तमु समाज युकेको ल्हु ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न।

 

निरज गुरुङ लण्डन, ३ जनवरी २०१५

लण्डन स्थित हेरो लेजर सेन्टरमा तमु समाज युके द्वारा आयोजित तमुहरुको महान पर्ब  ल्हु ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। लण्डन बोरो अफ हेरो का मेयर काउन्सिलर अजय मरुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिषेस अतिथि को रुपमा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समिति नेपालका अध्यक्ष श्री रेशम गुरुङ ज्यु हुनुहुन्थ्यो।तमु समाज युकेको अध्यक्ष शिबशरण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समुउद्‍घाटन संयुक्त रुपमा प्रमुख अतिथि र समाजका अध्यक्षले गरेको थियो र कार्यक्रम संचालन समाजका महासचिब रामचन्द्र गुरुङले गरेको थियो।समुद्‍घाटनमा पानसमा दियो बालि नेपाल र बेलायतको राष्टिय गान बजाइएको थियो।
कार्यक्रममा तमुहरुको महान पर्ब ल्हु ल्होछारको अबसर पारेर तमु समाज युकेले आफ्नो सामाजिक गतिबिधीहरु तथा खोज तथा सुचना मुलक लेख तथा रचना समाबेस गरेर पहिलो पटक प्रकाशन गरिएको समाजको स्मारिका सलि ट ( सुनाखरी ) समाजको अध्यक्ष शिबशरण गुरुङ तथा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले संयुक्त रुपमा लोकार्पण गरेको थियो।
सोहि अबसरमा कार्यक्रमका प्रमुख अतिथीले तमु समाज युकेले आयोजना गरेको ल्होछार कार्यक्रममा सहभागी हुन पाउदा खुशी ब्यक्त गर्दै तमु समाज युकेको ल्हु ल्होछार कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद सहित ल्होछारको शुभ कामना ब्यक्त गरेको थियो।

कार्यक्रममा समाज संयोजक तथा ल्हु ल्होछार कार्यक्रमको संयोजक शिब कुमार गुरुङबाट हेल्थ र सेफ्टि सम्बन्धी जानकारी गरेको थियो भने अध्यक्ष शिबशरण गुरुङले स्वागत मन्तब्य राखेको थियो।यसैगरी कार्यक्रममा सहभागि सबैलाई समाजका उपाध्यक्ष टंकराम गुरुङले धन्यबाद मन्तब्य राखेको थियो।

ल्हु ल्होछार पुजा कार्यक्रम समाजको नव निर्बाचित महासचिब ज्ञान बहादुर गुरुङको र आमा समुहको अध्यक्ष माया गुरुङको संयोजनमा लामा गुरुहरु धरम गुरुङ, लामा काजि गुरुङ र डोल्मा चिजा गुरुङ गरेको थियो।

उक्त अवसरमा तमु समाज युकेका नयाँ आजीवन सदस्यहरु, समाजको भवन खरिद परियोजनाका चन्दादाताहरु, शैक्षिक सत्र २०१४मा स्नातक तथा स्नाकोउत्तरमा सफलता प्राप्त बिध्यर्थी,  कलाकारहरु तथा बिगतको बर्षभरी सामाजिक जीबनको बिभिन्न पक्षमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुको साथै समाजको शेवा र बिकासमा उल्लेख्य योगदान पुराउने महानुबावहरुलाई ताम्रापत्र र प्रशंसापत्र सहित सम्मान गरिएको थियो। सम्मान तथा प्रशंसापत्र बितरणमा प्रमुख अतिथि लण्डन बोरो अफ हेरो का मेयर काउन्सिलर अजय मरु, अध्यक्ष शिवशरण गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ, उपाध्यक्ष द्वय टंकराम गुरुङ, बिजु गुरुङ र आमा समुहका अध्यक्ष माया गुरुङ लगायत सहाभागी भएको थियो।

कार्यक्रममा तमु समाज युकेको सामाजिक भवन खरिद परियोजनामा सर्बाधिक चन्दा २००१पाउन्ड दान गर्ने संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ तथा श्रीमति जयन्ती देबि गुरुङ, र एकहजार भन्दा माथी चन्दा दान गर्नेहरु बिजु गुरुङ,केदार बहादुर गुरुङ एबं गोमा गुरुङ गुरुङ,भरत बहादुर गुरुङ एबं सिरजना गुरुङ, मिम बहादुर गुरुङ एबं आस कुमारी गुरुङ,सन्दिप गुरुङ एबं शारदा गरुङ,पदम बहादुर गुरुङ एबं अन्जली गुरुङ, चन्द्र बहादुर गुरुङ एबं सुर्जे कुमारी गुरुङ, अमृत चन्द्र गुरुङ एबं चन्द्र कुमारी गुरुङ, सुरेश घले एबं बिन्दु घले र मैता गुरुङलाई ताम्रापत्रले सम्मान गरिएको थियो। यसै गरि भवन खरिद परियोजनाका निम्ति तिन सय देखि पाँचसय चन्दा दिने बिभिन्न महानुभावहरु तथा संघ संस्थाका प्रतिनिधिहरुलाई पनि प्रसंशा प्रत्र प्रदान गरिएको थियो।
तमु समाज युकेले प्रत्येको बर्ष ल्होछारको अबसरमा सामाजिक जीबनको बिभन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्याक्तित्वहरुलाई तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र बाट सम्मान गर्ने क्रममा यस बर्ष तमु समाज युकेले उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१४ बाट श्रीमती मन कुमारि गुरुङ, श्रीमती लिल कुमारि गुरुङ, श्रीमती मन कुमारि गुरुङ, श्रीमरी मथुरा गुरुङ, काजिमान गुरुङ र रोहित गुरुङलाई लाई सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा तमु समाज युकेका संस्थापक अध्यक्ष तथा निर्बाचन समितिका प्रमुख चित्रबहादुर गुरुङले नव निर्बाचित चौथो कार्यसमितिका सबै पदाधिकारिहरुलाई पदिय जम्मेवारि र गोपनियताको शपथ ग्रहण गराएका थिए। सपथ ग्रहण संगसंगै तेस्रो कार्यसमितिका अध्यक्ष शिबशरण गुरुङले नव निर्बाचित चौथो कार्यसमितिका अध्यक्ष अर्जुन कुमार गुरुङलाई औपचारिक रुपमा पदभार हस्तान्तरण गरि नव निर्बाचित चौथो कार्य समितिका सम्पुर्ण पदाधिकारीहरुलाई खादालगाई बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना दिएका थिए। आमा समुहका अध्यक्ष माया गरुङले निबर्तमान अध्यक्ष तथा नव निर्बाचित अध्यक्ष दबैलाई फुलमाला लगाई र अन्य पदाधिकारिहरुलाई खादा लगाई बधाई सहित बिदाई तथा स्वागत गरेको थियो।

 

कार्यक्रममा नेपालबाट पाल्नुभएका बिसेष अतिथि तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समिति नेपालका अध्यक्ष श्री रेशम गुरुङज्यु, कलाकारहरु मिलन लामा, गणेश गुरुङ र रञ्जिता गुरुङलाई सम्मान गरिएको थियो।

लामा धरम गुरुङ को नेतृत्वमा  प्रमिला गुरुङ र जिमि गुरुङ लगायत आमा समुह द्वारा प्रस्तुत गरिएको स्वागत गान बाट आरम्भ भएको ल्हु ल्होछार सांस्कृतिक कार्यक्रममा नेपाल बाट आउनु भएका लोकप्रिय लोक गायक मिलन लामा, गणेश गुरुङ तथा स्थानिय कलाकार कल्पना गुरुङको जोडदार लोक तथा दोहोरि गित प्रस्तुति रहेको कार्यक्रममा अर्को आकर्षणको रुपमा नायिका रञ्जिता गुरुङ, तमु समाज युकेको आमा तथा बाबा समुह लगायत अन्य स्थानिय कलाकारहरुको उत्कृष्ट नृत्यहरु प्रस्तुत गरीएको थियो। सांस्कृतिक कार्यक्रमको कलाकारहरुमाचन्द्र कुमारी गुरुङ रमिला गुरुङ, बिन्दु घले, कल्पना गुरुङ, खुम बहादुर गुरुङ, जिवन गुरुङ, ज्ञान बहादुर गुरुङ, टिका गुरुङ, बबि गुरुङ  लगायत अन्य अतिथी कलाकारहरुको मनमोहक नृत्य र गायक गायीकाहरुको बेजोड प्रस्तुतिमा बेलायतबासी नेपालीहरुले पनि नाचेर साथ दिएका थिए। उक्त संस्कृतिक कार्यक्रमको कोरीयोग्राफी गगन गुरुङ र लक्ष्मी गुरुङले गरेका थिए र संचालन निरज गुरुङर पुर्ब मिस युके नेपाल सुश्री दुर्गा गुरुङले गरेका थिए।
कार्यक्रममा गैर आबसिय नेपाली संघ बेलायतका अध्यक्ष महेन्द्र कँडेल, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष सोम त्होर्जे तमु, तमु प्ये ल्हु सँघ युकेका प्रमुख सल्लाहकार क्याप्टेन रि. डेम बहादुर गुरुङ, सोंपाल समाज युकेका अध्यक्ष राम गुरुङ, गोर्खा जिल्ला गुरुङ समाजका संस्थापक अध्यक्ष लेप्टेनेन्ट रि. थम प्रसाद गुरुङ, गुरुङ सोसाईटि केन्टका अध्यक्ष सोभराज गुरुङ, पत्रकार महासंघ युकेका पुर्ब अध्यक्ष नबिन पोखरेल, बरिष्ट सोलिसिटर राजु थापा, यति नेपाली एसोसियसन युकेको अध्यक्ष उमेस राज मोक्तान, लण्डन नेपाल न्युज डट कम तथा गुल्मि जिल्ला समाज युकेका सचिब शिब भण्डारी, गोर्खा च्यानल टेलिभिजनका बिमला सेने, दुर्लुङ समाज युकेका अध्यक्ष जुवारीलाल गुरुङ, पोखरा उप महानगर पालिकाका पुर्ब उप मेयर क्याप्टेन रि. मान बहादुर गुरुङ, नेपाल भुतपुर्ब प्रहरि संगठन युकेका अध्यक्ष शिबजि श्रेष्ठ, गैर आबसिय नेपाली संघ बेलायतका उपाध्यक्ष शान्ति थापा (कुनवार), आइसिसि युके सदस्य बिनोद ज्ञावाली, आँधीखोला सेरो फेरो तमु समाज युकेका अध्यक्ष क्याप्टेन फत्त बहादुर गुरुङ, वाटफोर्ड नेपाली काम्युनिटि युकेका अध्यक्ष मुकुन्द गुरुङ, आईएमई युके लिमिटेडका नेर्देशक कमल पौडेल, पोखरा फिर्के तमु समाजका अध्यक्ष सुबेदार टेक बहादुर गुरुङ, ठाँटि नेपाली समाज युकेका अध्यक्ष सनमान गुरुङ, निरमाय रोधिंघरका प्रोपाईटर गणेश गुरुङ लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ, सल्लाहकारहरु सुश्री टिका गुरुङ, महेश घले, उदय गुरुङ, चन्द्र बहादुर गुरुङ, ले. रि मिम बहादुर गुरुङ, झुम बहादुर गुरुङ, खडग बहादुर गुरुङ, चन्द्र बहादुर गुरुङ, उपाध्यक्ष द्वय टंकराम गुरुङ, बिजु गुरुङ,  महासचिब रामचन्द्र गुरुङ, नव निर्बाचित अध्यक्ष अर्जुन गुरुङ, नवनिर्बाचित उपाध्यक्ष शिव चन्द्र गुरुङ, संयोजक शिब कुमार गुरुङ, कोषाध्यक्ष केदार गुरुङ, आमा समुहका अध्यक्ष माया गुरुङ, उपाध्यक्ष पुष्पा गुरुङ, सचिब बिमला गुरुङ लगायत सबै आमाहरुले र युवा समुहका अध्यक्ष ओमकार गुरुङ महत्वपुर्ण भुमिका निर्बाह गरेको थियो।
कार्यक्रमको अन्तमा सबैजनाले आफुखुशीको नाच नाचेर भरपुर मनोरन्जन लिएको थियो भने ओमकार गुरुङ, बिश्व गरुङ, याम बहादुर गुरुङले फोटोग्राफि तथा बरदान गुरुङले भिडियो ग्राफरको भुमिका निर्बाह गरेको थियो।

Previous तमु समाज युकेको बार्षिक साधारण सभा तयारी बैठक सम्पन्न
Next Tamu Samaj UK's Post Lhu Lhochhar Meeting's Photograph.