तमु समाज युके आमा समूहको आयोजनामा लण्डनमा भब्य तीज कार्यक्रम सम्पन्न।


 

तमु समाज युके आमा समूहको आयोजनामा लण्डनमा

भब्य तीज कार्यक्रम सम्पन्न।

 

शिवशरण गुरुङ – लण्डन

३ सेप्टेम्बर २०१६ शनिबार लण्डनको हेरो बोरो फुटबल क्लबमा तमु समाज युके आमा समुहको आयोजनामा हरितालिका तिज २०१६ कार्यक्रम भब्यताका साथ सम्पन्न भयो।नारि हरुको महान पर्व तिजको पवन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा हर्ष र उल्लास मय बातावरणमा मुलत लण्डन वरपरका नेपाली नारि हरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो।तमु समाज युके आमा समुहका अध्यक्ष माया गुरुङको अध्यक्षता र गैर आवशिय नेपाली संघ युकेका उपाध्यक्ष शान्ति थापा कुवारको प्रमुख आतिथ्यमा सम्पन्न तीज बिषेस कार्यक्रमको संचालन सहिन के.सि. र आमा समुहका सचिब बिमला गुरुङले गरेको थियो। हेल्थ एण्ड सेफ्टि बारे आमा समूहका उपाध्यक्ष पुष्पा गुरुङले जानकारिदिएका थिए।

तमु समाज युके आमा समुहका अध्यक्ष माया गुरुङ, प्रमुख आतिथि गैरआवशिय नेपाली संघ युकेका उपाध्यक्ष शान्ति थापा कुनवार, तमु सामाज युकेका उपाध्यक्ष बिजु गुरुङ र सोंपाल समाज युकेका संस्थापक उपाध्यक्ष पार्वति गुरुङले संयुक्त रुपमा दिपप्रज्वलन गरि समुदघाटन गरिएको तीज बिषेस कार्यक्रममा यति नेपाल एसोसिएसन युकेका अध्यक्ष पिपला देवान लगायत थुप्रै संघ संस्थाका महिला नेत्रि, प्रतिनिधी, समाज सेबि तथा नेपाली महिलाहरुको उपस्थिति रहेको थियो।तीज कार्यक्रमको बोल्ने क्रममा तमु समाज युके आमा समुहका अध्यक्ष माया गुरुङले स्वागत मन्तब्य, आम समुहका उपाध्यक्ष पुष्पा गुरुङले धन्यबाद मन्तब्य र प्रमुख अतिथि गैर आवशिय नेपाली संघ युकेका उपाध्यक्ष शान्ति थापा कुनवारले उपास्थित सबैलाई शुभकामना दिदै धन्यबाद व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा बिभिन्न किसिमका आकर्षक पुरस्कारहरुको राफलड्र, तिजको बिषेस दरखाना खाने, पिउने संगसंगै चाँद म्युजिक ओर्ल्ड डिजेको तिज गित मा सबैले छमछमि नाचेर मनोरंन्जन गर्दै बिभिन्न ब्यबासय तथा महानु भावहरुले प्रायोजन गरेको पुरस्कार बाट उत्कृष्ट नृत्यङ्गना हरु पुरस्कृत पनि भएका थिए। उत्कष्ट नृत्य नाचेर पुरस्कृत हुनेहरुमा क्रमस: बिना गुरुङ प्रथम, गंगा गुरुङ द्वितिय र दुर्गा कुमारी गुरुङ तृतिय, रिता गुरुङ चौथो, निसा गुरुङ पाँचौ, सुनिता अचार्य छैटौ र भक्तिमाया राई सतौ स्थानमा थिए।यसको साथ साथै एकल नृत्य प्रस्तुत गर्नुहुने दुई जना नृत्यङ्गना सिसु गुरुङ र इन्द्रिया मोक्तान लाई बिशेष पुरस्कार ले पुरस्कृत गरेका थिए।नृत्यको प्रथम पुरस्का र लण्डन फेसन हाउसका प्रोपाईटर तथा निर्देसक मनिसा डंगोलले प्रयोजन गर्नु भएको थियो  र राफल ड्रको प्रथम पुरस्कार मनिकला राई गुरुङले प्रयोजन गर्नु भएको थियो।

उक्त तिज कार्यक्रममा तमु समाज युकेको खाध्य संयोजक हरिमान गुरुङको संयोजनमा, कार्यसमितिका सदस्यहरुर स्वयंसेवक सदस्यहरुको सहयोगबाट तयार पारेका तीज बिषेस खानाको निम्ति बिभिन्न महानु भावहरुले सेलरोटि, मिनेरलवाटर, खाध्यपदार्थ तथा आर्थिक सहयोग गरेकाथिए।बेलायतका नेपाली संचार कर्मिहरु गोर्खा च्यानल टिभिका बिमला सेने, लण्डन नेपालन्युजका राजकुमार त्रिपाठि र शिब भण्डारि, बिबिएनओर्ल्ड टिभिका निरापिजिर  बिसन गुरुङ लगायत फोटोग्राफर मिलन गुरुङ र टेक गुरुङको पनि उपस्थिति रहेको उक्त तीज बिशेष कार्यक्रमको बिबिएन ओर्ल्ड टिभिले प्रतक्ष प्रसारणगरेका थिए। दिउसो १बजे आरम्भ भएको कार्यक्रम बेलुका ११बजे अन्त भएको थियो।

 

Previous देवाचन बुद्धिष्ट सेन्टरको समुदघाटन समारोह तथा २५६०औ बुद्ध जयन्ती पुजा कार्यक्रममा भब्यताक साथ सम्पन्न।
Next देवाचन बुद्धिष्ट सेन्टर युकेको आयोजनामा लामा गुरु पाल्देन योन्जन तामाङको सम्मान तथा बिदाई कार्यक्रम।