देवाचन बुद्धिष्ट सेन्टरको समुदघाटन समारोह तथा २५६०औ बुद्ध जयन्ती पुजा कार्यक्रममा भब्यताक साथ सम्पन्न।


 

DBC 14        DBC 16

शिवशरण गुरुङ
लण्डन /२१मई२०१६।

देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक समुदघाटन कार्यक्रम २१ मई २०१६ शानिबारका दिन भब्यताका साथ सु-सम्पन्न भयो।शान्तिका अग्रदुत, एशियाका तारा तथा नेपालका राष्ट्रिय बिभूती भगवान गौतम बुद्धको जन्म, बोधिलाभ (बुद्धत्वप्राप्ती) तथा महापरि निर्वाण भएको पुण्य तिथि बैशाख पूर्णिमा तथा २५६०औं बुद्ध जयन्तीको पावन अवसर पारेर फेल्थाम कम्युनिटि कलेजको स्पोर्टसहल, फेल्थाम, लन्डनमा आयोजित उक्त समुदघाटन कार्यक्रममा बिशाल बुद्ध जयान्ती पुजा पनि आयोजना गरिएको थियो।

२५६० औं बुद्ध जयन्ती बिषेस पुजा संचालनका लागि नेपाल बाट बेलायत आउनु भएको नेपाल तामाङ लामा घेदुङ संघका अध्यक्ष एवं साँग्दो पालहरी बौद्ध बिध्यालय पोखरा गुम्बाका प्रमुख लामा श्रद्धेय पाल्देन योनजङ तामाङ ज्यु र देवाचन बुद्धिष्टसेन्टरक संरक्षक लामा रिन्छेन दोर्जे लिङ्पा (धरमगुरुङ), लामा दिल बहादुर गुरुङ र लामा काजि गुरुङ लामा गुरुहरु बाट संयुक्त रुपमा देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक समुदघाटन कार्यक्रम सुरुहुन अगाबै बिषेस पुजा पाठ संपन्न गरेको थियो।

DBC 12        DBC 5

देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष श्री उदई बहादुर गुरुङ एम बिई को सभापतित्व र प्रमुख आतिथि संयुक्त अधीराज्य बेलायतका लागि कार्यबाहाक नेपाली राजदूत महामहिम तेजबहादुर क्षेत्री को प्रमुख आतिथ्यमा सम्पन्न उक्त समुदघाटन कार्यक्रममा प्रमुख अतिथि र बिषेस अतिथि हाउन्स्लो का नगरप्रमुख काउन्सिलर निसर मलिक ले संयुक्त रुपमा देवाचन बुद्धिष्ट सेन्टर समुदघाटन समारोह ब्यानरको तूल लामा गुरुहरुको मंगलमन्त्र वाचन सङसंगै उघारेर औपचारिक समुदघाटन उदघोषगरे पछि अध्यक्ष उदई बहादुर गुरुङ एमबिई, मानानिय रथक्यडबरि एम पिर गैरआवशिय नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्रगुरुङले संयुक्त रुपमा दिपप्रज्वलन गरि औपचारिक कार्यक्रमको शुभारम्भ गरिएको थियो।

लन्डन वरपरका नेपाली समुदयको बाक्लो उपस्थितिरहेको कार्यक्रममा काउन्सिलर बिष्णु बहादुर गुरुङ लगायत हाउन्स्लो वरपरका अन्य धेरै नै काउन्सिलरहरु पनि उपस्थितभएका थिए।यसै गरि कार्यक्रममा लण्डन स्थित केहि बेलायति, हिन्दु, चाईनिज र श्रीलंकन समुदयका संघसंस्थाहरुको अध्यक्ष तथा प्रतिनिधि हरु र तमु समाज युकेका अध्यक्ष अर्जुन कुमारगुरुङ, तमुप्येल्हु संघ युकेका प्रमुख सल्लाहकार डेम बहादुर गुरुङ, यति नेपाली एसोसिएसनका अध्यक्ष उमेशराज मोक्तान, गोर्खानेपालीजकम्युनिटिहाउन्स्लोकाअध्यक्षरामकुमारपोमु, गोर्खाजिल्लागुरुङसमाजयुकेकाअध्यक्षथमप्रसादगुरुङ, तनहुँ नेपाली समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङ लगायत बेलायतका अन्य थुप्रै नेपाली संघसंस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु, संचारकर्मि, पत्रकार र टिलिभिजन कार्मि हरुको उल्लेख्या उपस्थिति रहेको थियो।संस्थाका महासचिब श्रीमती लक्ष्मी गुरुङ र खाध्य संयोजक युव राज गरुङले संचालन गरेको कार्यक्रममा हेल्थ एण्ड सेप्टि बारे संस्थाका उपाध्यक्ष भिम बहादुर गुरुङ एम भिओ ले जनाकारि गराउनु भएको थियो।

कार्यक्रममा अध्यक्ष उदई बहादुर गुरुङ एम बिईले स्वागत तथा धन्यबाद मन्तब्य राख्नुे भएको थियो।मन्तब्यको क्रममा अध्यक्ष गुरुङले सबै अतिथ तथ उपस्थित महानु भावहरुलाई हार्दिक स्वागत गर्दै देवाचन बुद्धिष्टसेन्टरले धेरै पहिले देखिनै समाजिक सेवा, बौद्ध धर्मा र संस्कार अनुसार बौद्ध मार्गि नेपाली समुदयमा जन्म, बिवहा र मृत्य संस्कारको कर्मकण्डा मा बिबिध सेवा पुराईरहेकोले २०११ मा स्थापना भई संस्थाका संरक्षक तथा प्रमुख लामा लामा रिन्छेन दोर्जे लिङपा (धरमगुरुङ)को सोच, सपना र आकांक्ष अनुरुप मुलत लण्डन बासि सबै बौद्ध मार्गि नेपाली हरुको पहल बाट २० डिसेम्बर २०१५ देखि आफ्नै नेत्रृत्वमा ५० सदस्सीय कार्य समिति गठन गरि संस्थागत रुपमा समाजिक सेवाको निम्ति अगाढि बढि रहेको र बेलायति च्यरिटि कमिसनमा संस्था दर्ता प्रकृय पुरा भइसकेको बताउनुभयो। यसको साथसाथै देवाचन बुद्धिष्ट सेन्टरको भाबि कार्यनिति, बिभिन्न कार्यक्रम तथा गुम्बानिर्माण परियोजना बारेमा पनि अध्यक्ष गुरुङले उपस्थित सबैलाई प्रकाश पार्नु भएको थियो।यसैगरिधन्यबादमन्तब्यकोक्रममाअध्यक्षगुरुङलेकार्यक्रममाउपस्थितसबैअमन्त्रितबिसिष्टआतिथिगण, संघसंस्थाकाप्रतिनिधिहरुसंस्थाकासबैपदाधिकारिहरु, सल्लाहकारहरु, सदस्यहरु, आमासमुह, युबासमुह, संचारकर्मिहरुधर्मगुरुहरु, दानबिर चन्दादातहरु र प्रतक्ष र अप्रतक्ष रुपमा कार्यक्रमलाई सहयोगगर्नु हुने सबैशुभचिन्तक महानु भवहरुलाई आभारब्यक्त गर्दै हार्दिक धन्यबाद दिएका थिए।

DBC 24DBC 10

मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि बेलायत का लागि कार्यबाहक नेपाली राजदूत महामहिम तेजबहादुरक्षेत्री, बिसेष अतिथि हाउन्स्लो नगरका प्रमुख काउन्सिलर निसर मलिक, मानानिय रथ क्यडबरि एमपि, गैर आवशिय नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङ, तमुसमाज युके का अध्यक्ष अर्जुन कुमार गुरुङ लगायत अन्य अतिथि बक्ताहरुले देवाचन बुद्धिष्ट सेन्टरको समुदघाटन कार्यक्रममा सरिक हुनपाउदा खुशि अनुभुत गरेको बताउदै सबैले हार्दिक बधाई ब्यक्त गर्दै संस्थाको उत्तरोउत्तर प्रगतिको निम्ति शुभकामना दिएका थिए।साथै सबैले देवाचन बुद्धिष्ट सेन्टर लाई अ-आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने पनि बताउनु भएको थियो।बोल्ने क्रममा देवाचन बुद्धिष्ट सेन्टरको संम्रक्षक तथा प्रमुख लामा रिन्छेन दोर्जे लिङपाले पनि संस्थाको उदेस्य, भाबिकार्ययोजनाकोबरेमा बृस्त्रित जानकारि गरउदै समाज सेवा, बौद्ध शिक्षा र दर्शन लाई जनमानसमा फैलाउन संस्थाको महत्वपुर्ण भुमिका रहने बताउनु भएको थियो।

कार्यक्रममा नेपाल बाट बेलायत आउनु भएको नेपाल तामाङ लामा घेदुङ संघका अध्यक्ष एवं साँग्दो पालहरी बौद्ध बिध्यालय पोखरा गुम्बाका प्रमुख लामा श्रद्धेय पाल्देन योनजङ तामाङ ज्यु ले बुद्ध जयन्ती, बुद्ध को जिवनी, बुद्धको उपदेश, शिक्षा र दर्शनको बरे मा उपस्थित सबै लाई प्रवचन दिनु भएको थियो। प्रवचन सकिए पछि अतिथि लामा गुरु श्रद्धेय पाल्देन योनजङ तामाङज्यु लगायत पुजाका अन्य लामा गुरु ज्यु हरु बाट उपस्थित अतिथि, भक्तजन तथा सबै महानुभावहरुले अभिषेक तथा प्रसाद ग्रहण गरेका थिए।

निशुल्क प्रवेश, निशुल्क खानापिनको ब्यबस्था गरिएको कार्यक्रममा थुप्रै शुभचिन्तकहरु, सदस्यहरु र भक्तजनहरुले स्वस्फुर्त रुपमा उदारभावबाट आर्थिकदान, भोजनदान, पेयापदार्थको दान तथा अन्य आवस्यक समाग्रिहरु दानगरि सहयोगगरेका थिए। कार्यक्रमका निम्ति आर्थिक सहयोग संकलनमा सल्लाहकार/ट्रष्टिज चित्र बहादुर गुरुङ, कोषाध्यक्ष चन्द्र बहादुर गुरुङ, सम्रक्षक तथा प्रमुख लामा धरम गुरुङ, हाउन्स्लो नगरका पूर्ब उपमेयार तथा काउन्सिलर बिष्णु गुरुङ र आमासमूहको बिषेस भुमिका रहेको थियो। आर्थिक दान सहयोग गर्नेहरुमा गोर्खा नेपलीज कम्युनिटि हाउन्स्लो र तमु समज युके का सदस्यहरुको उल्लेख्य सहभागिता थियो।

देवाचन बुद्धिष्ट सेन्टरका मिडिय संम्बाददाता नारायण सिङ गुरुङ र वेब मास्टर मिलन वाग्ले को संयोजनमा बेलायतको नेपाली अनलाईन रेडियो प्रसारण सेवा राहिनोले समुदघाटन कार्यक्रमको प्रतक्ष प्रसारण गरेको थयो।कार्यक्रममा मिडिय कभरेजका निम्ति गोर्खा च्यानल टिभि र युकेका नेपाली संचारकर्मी, पत्रकार, फोटोग्रफर र भिडियो ग्रफरहरुको पनि उपस्थिति रहेको थियो।

अन्तमा: अहिंसा, सत्य र संमयम लाई मूलमंत्र ठानेर सदैब सदभाव र सत्कर्ममा लागी जिवन बिताउनुनै बुद्ध धर्मको सार संक्षेपहो।यिनै कुरा लाई बुझेर सत्यमार्गमा लागी कुबिचार, कुदृष्टी, कुसंस्कार र कुलत बाट टाढ रहे मात्र हामिले पबित्र र सरल जिवन प्राप्त गर्न सकिन्छ। पिडा र भयबाट मुक्त मानबको मनमा मात्रा सधै शान्ति छाउछ।शान्ति बाट मात्रा मानिसले बिकास र मोक्ष प्राप्त गर्दछ, बुद्धले भनेका छन्। यिनै शान्ति, मोक्षा प्राप्ति तथा भगवान बुद्धाको श्रद्धाको निम्ति आयोजित २५६०औ बुद्ध जयन्ती बिषेस पुजा तथा बुद्ध धर्म, शिक्षा, संस्कार र संस्कृतिको संग्रक्षण, सम्बर्धन र प्रबर्धन गर्ने पबित्र उदेस्य लिई सबै बौद्धमार्गि तथा नेपाली समुदयको सेवामा सदैब समर्पित भई समाजिक तथा परोपाकारि कार्यमा निरन्तर अगाडि बढिरहेको देवाचन बुद्धिष्ट सेन्टरको समुदघाटन कार्यक्रम भब्यताका साथ सम्पन्न भएकोमा आयोजक समिति, सबै उपस्थीत अतिथि, भक्तजन तथा महानुभावहरुले खुसि ब्यक्त गरेका थिए। मध्यन्न १२ बजे आरम्भ गरिएको कार्यक्रम झन्डै साँझा ६ बजे सकिएको थियो।


Previous Tamu Samaj UK’s school building project in Dhuwakot One Patle in Dhading District, Nepal.
Next तमु समाज युके आमा समूहको आयोजनामा लण्डनमा भब्य तीज कार्यक्रम सम्पन्न।